
असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।
बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा विद्युत् निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा यस वर्ष असोजमा निर्यात कारोबार बढेको हो । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यातसमेत पुनः सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्यांकअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो ।
असोजमा भारततर्फ विद्युत् निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो । त्यसैगरी, बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
जलविद्युत् आयोजनाको उत्पादनमा बाढीले असर पुर्याए पनि विद्युत् निर्यात कारोबार बढ्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनुले नेपालको विद्युत् व्यापारलाई क्षेत्रीय बजारसँग जोड्ने प्रयासलाई निरन्तरता दिएको छ ।
समाज
थप सामाग्री-
बाढीपहिरोले गोरखा र सुर्खेतका सडक प्रभावित, केही स्थानमा यातायात अवरुद्ध
-
आज कार्तिक ८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
-
कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै
-
पर्साको सीमावर्ती क्षेत्रमा घुमुवा प्रहरी बनेर असुली गरेको आरोप लागेका अशोक वर्णवाल पक्राउ, मुद्दा नचलाउन नेतामार्फत दबाब
विजया दशमीको तेस्रो दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि नेपालीहरू मान्यजनको…





