बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

बर्दिया । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ। राजापुर नगरपालिका–३ का ५५ वर्षीय कालुराम थारुको आफ्नै छोरा राजेन्द्रको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति करिब ११ बजे राजेन्द्रले बाबु कालुरामलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका कालुरामलाई सुरुमा स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्रलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
TOP
15 Shares