
प्रधानमन्त्री बालेनद्वारा एनपीएल सफलताको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटसँग सम्बन्धित सबैलाई शुभकामना दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गरेका छन् । उनले केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलले नेपाली क्रिकेटको विकास, खेलकुद पर्यटन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
१ दिन अगाडि
2.3kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले…





