
पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

1.3kViews
15
Shares
पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो ।
प्रहरीका अनुसार तालचोकबाट पावर हाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काटिरहेका शर्मालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
१ दिन अगाडि
2.3kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बढ्दो सहरीकरणलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले…





