आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम भएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

Facebook Comments Box
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि

3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…

TOP
15 Shares