पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालनबारे कांग्रेस संसदीय दलमा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरिएको घटनाबारे गम्भीर छलफल भइरहेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पत्रकारमाथि राज्यबाट भइरहेको भनिएको ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

पछिल्लो समय समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने घटनाले बैठकमा विशेष प्राथमिकता पाएको छ। समाचार लेखेकै विषयलाई लिएर पत्रकारलाई नियन्त्रणमा लिने घटनाले प्रेस स्वतन्त्रता, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि उठेका प्रश्नबारे कांग्रेसले बैठकमा छलफल गरिरहेको हो।

यसअघि आइतबार कांग्रेस सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी बाटोमा अघि बढिरहेको टिप्पणी गर्दै पछिल्ला गतिविधिलाई चिन्ताजनक बताएका थिए।

पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी परिचालनको घटनाप्रति राजनीतिक तथा सञ्चार क्षेत्रबाट विरोध भइरहेका बेला कांग्रेस संसदीय दलको बैठकमा यस विषयले प्राथमिकता पाएको हो।

Facebook Comments Box
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि

3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…

TOP
15 Shares