प्रधानमन्त्री बालेन साहले बोलाए मन्त्रिपरिषद् बैठक, दुई सातापछि बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।

सामान्यतया हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको भए पनि पछिल्ला दुई सातायता बैठक बस्न सकेको थिएन।

यसबीच मुलुकमा विभिन्न राजनीतिक तथा प्रशासनिक घटनाक्रम विकसित भएका छन्। लामो समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई यसै पृष्ठभूमिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
२ दिन अगाडि

3.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । आज २०८३ साल कार्तिक १५ गते आइतबार। ज्योतिषीय मान्यताअनुसार…

TOP
15 Shares