
बालेनलाई चीन भ्रमण गराउन बेइजिङको पहल, बीआरआई कार्यान्वयनमा चासो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणको अन्तिम तयारीमा रहेका बेला चीनले पनि उनलाई औपचारिक भ्रमणमा बोलाउन कूटनीतिक पहल तीव्र पारेको छ। प्रधानमन्त्री शाहलाई छिट्टै चीन भ्रमण गराउने उद्देश्यसहित चिनियाँ पक्षले उच्चस्तरीय भेटघाट र छलफल अघि बढाएको हो।
बालेन प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै चीनले उनलाई भ्रमणको निम्तो दिएको थियो। तर, त्यसबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए। त्यसपछि चीन भ्रमणको तयारी रोकिएको थियो। अहिले भने चीनले पुनः प्रधानमन्त्री शाहलाई बेइजिङ भ्रमण गराउन सक्रियता बढाएको छ।
यसका लागि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ सक्रिय भएका छन्। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूसँग यस विषयमा छलफल गरिसकेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनले प्रधानमन्त्री बालेनलाई छिट्टै भ्रमण गराउन चाहेको छ। यस विषयमा मन्त्रालयसँग समेत छलफल भएको र भ्रमणको सम्भावनाबारे प्रारम्भिक तयारीसमेत सुरु गरिएको छ।
राजदूत माओमिङले मंसिर ३ गते परराष्ट्रमन्त्रीसँग भेट गरेका थिए। त्यसपछि उनले अर्थमन्त्री वाग्लेसँग पनि भेटवार्ता गरेका थिए। दुवै भेटमा उनले प्रधानमन्त्री शाहको चीन भ्रमणको प्रस्ताव अघि सारेको स्रोतको दाबी छ।
चीनको यस कूटनीतिक सक्रियताका पछाडि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयलाई प्रमुख रूपमा हेरिएको छ। नेपालमा नयाँ सरकार गठन भएपछि बीआरआई कार्यान्वयनबारे ठोस छलफल अघि नबढेको भन्दै चीनले निरन्तर चासो व्यक्त गर्दै आएको छ।
सरकार गठन भएलगत्तै चीनले विभिन्न कूटनीतिक माध्यमबाट बीआरआई कार्यान्वयनका लागि पहल गरेको थियो। तर, वर्तमान सरकारले यस विषयमा अपेक्षित चासो नदेखाएको चिनियाँ पक्षको बुझाइ रहेको बताइन्छ। यही कारण उच्चस्तरीय राजनीतिक भ्रमणमार्फत नेपालसँगको सम्बन्धलाई थप सक्रिय बनाउने र बीआरआईको विषयलाई अगाडि बढाउने रणनीतिमा चीन देखिएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा मन्त्रीहरूले चीन भ्रमण गरिसकेका छन्। अहिले पनि रास्वपाका २० जना सांसद चीन भ्रमणमा रहेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई समेत चीन भ्रमण गराउने तयारी चिनियाँ पक्षले गरेको थियो। भ्रमणको मितिसमेत लगभग तय भइसकेको अवस्थामा अन्तिम समयमा आएर उक्त भ्रमण स्थगित भएको थियो।
अब भने चीनले पार्टी सभापति लामिछानेको सट्टा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै उच्चस्तरीय भ्रमणमा बोलाउन प्राथमिकता दिएको देखिन्छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलगत्तै चीन भ्रमणको विषयले गति लिने वा नलिने भन्ने चासो बढेको छ। भारत र चीन दुवै नेपालको प्रमुख छिमेकी तथा महत्वपूर्ण विकास साझेदार भएकाले नयाँ सरकारले दुवै देशसँगको सम्बन्धलाई कसरी सन्तुलित बनाउँछ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
-
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





