
प्रचण्डको आह्वान : विगतका त्रुटि सच्याउँदै फेरि कम्युनिस्ट एकताको झन्डा उठाउनुपर्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी र त्रुटि सच्याउँदै पुनः कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्ने बताएका छन् ।
नेकपा भक्तपुर जिल्ला कमिटीले शनिबार आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले विगतको एकता असफलताबाट पाठ सिकेर फेरि एकताको झन्डा उठाउने समय आएको बताए ।
उनले अहिले प्रतिक्रान्तिले टाउको उठाउन थालेको र राष्ट्र गम्भीर संकटतर्फ धकेलिँदै गएको दाबी गरे । साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर धराशायी बनाउने षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।
प्रचण्डले देशलाई अर्को राजनीतिक दुर्घटनातर्फ लैजाने प्रयास भइरहेको आशंका व्यक्त गर्दै शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए । साथै, देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रामा अघि बढाउने संकल्प गर्नुपर्ने उनको भनाइ थियो ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति पार्टीले लिएको जानकारी दिए । नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग कार्यगत एकताका लागि सहमति भइसकेको उनले दाबी गरे ।
तर, यसपटक माथिबाट निर्णय थोपर्नेभन्दा स्थानीय तहबाटै सहकार्यको निर्णय गर्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
‘एमाले र मसालसँग हामीले कार्यगत एकता गर्ने भनेर सहमति गरिसकेका छौँ । तर, यसपटक माथिबाट टीका लगाएर होइन, तल तपाईंहरू पालिकाले नै निर्णय गर्नुस्,’ प्रचण्डले भने ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
-
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
१ दिन अगाडि
800Views 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी वरिष्ठ…





