
पहिलो प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार वितरण

काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकल पुरस्कृत हुनुभएको छ । नेपालको बामपन्थी साहित्य तथा न्यायीक अभियानमा स्वर्गीय विकलले पु¥याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ।
आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै वक्ताहरूले राजनीतिक जवाफदेहीता, सामाजिक न्याय तथा रूपान्तरण र समावेशी लोकतन्त्रको पक्षमा शक्ति लम्सालको उल्लेख्य योगदान रहेको र आदर्श र त्यागकोलाई राजनीतिक संस्कारको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगरेको चर्चा गर्नुभयो । उहाँले नेपाली नागरिकको हीत र सार्वभौमसत्ताको सन्दर्भमा लम्साल सदैव अविचलित रहेको बताउनुभयो ।
खनालले समाजमा राजनीतिक विविधताको सम्मान र राजनीतिक दर्शन, विचार र कार्यदिशाको सन्दर्भमा चल्ने बहस निरन्तर चल्नुपर्ने बताउनुभयो । उहाँले निषेधको राजनीतिले नेपाली समाजलाई हित नगर्ने बताउँदै उहाँले देशको हितलाई केन्द्रमा राखेर खुल्ला विचारविश्लेषण प्रवाह बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री देव गुरूङ्गले अत्यन्त विषम परिस्थितिमा समेत नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा शक्ति लम्सालको अविचलित अडान रहेको बताउनुभयो । उहाँले लम्सालका विचार तथा योगदानको स्मरण गर्दै राजनीतिककर्मीहरूले सिद्धान्त तथा विचारको राजनीति गर्न लम्सालले देखाएको बाटोमा लाग्न पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लेखक तथा बरिष्ठ पत्रकार पुरूषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानहरूको कहिल्यै मृत्यु नहुने बताउनुभयो । बामपन्थी धारको लेखक तथा विश्लेषक रहेपनि शक्ति लम्साल अहिंसाको पक्षपाती रहेका र नेपालमा सामाजिक रूपान्तरणको लागि आजिवन लागिपरेका व्यक्ति रहेको प्रसङ्ग समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै बामपन्थी पत्रकार तथा विश्लेषक महेश्वर दाहालले नेपालको बामपन्थी आन्दोलन एवं बामपन्थी राजनीतिमा सतपात्रको रूपमा शक्ति लम्साललाई नेपाली समाजले लामो समयसम्म स्मरणमा राख्ने बताउनुभयो । उच्च सेन्सरसीपको समयमा समेत लम्सालले कसैको दवाव र प्रभावमा नपरी निष्ठा, विचार र अडानको पत्रकारिता गरेको चर्चा समेत उहाँले आज देशमा अभ्यास भएको स्वतन्त्र पत्रकारिता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था शक्ति लम्सालहरूकै त्यागको योगदान रहेको बताउनुभयो । “शक्ति लम्सालको आर्दश र त्यागलाई नेपाली राजनीतिको संस्कार बनाउन र नयाँ पुस्तासँग समेत जोडेर लैजान सबै राजनीतिक दल तथा राजनीतिककर्मीहरूको दायित्व रहेको छ ।”
कार्यक्रममा लेखक तथा विश्लेषक हिरण्यलाल श्रेष्ठ, बामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्व सांसद एवं राजनीतिककर्मी नारायण शर्मा, लम्सालकी धर्मपत्नी कृष्णा लम्साल एवं छोरी प्रज्ञा लम्साल र पत्रकार तथा विश्लेषक अशोक सुवेदी लगायतले जवाफदेही राजनीति, समाजिक रूपान्तरण र परिवर्तनको पक्षमा आज पनि लेखक तथा विश्लेषकहरूले निडरतापुर्वक कलम चलाउन आवश्यक रहेको बताएका थिए ।
प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशी रू. २५,१०० रहेको छ । पुरस्कार प्रत्येक बर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक सङ्घ, नेपालले प्रदान गर्नेछ । बामपन्थी पत्रकार तथा विश्लेषक शक्ति लम्साल लोकतन्त्र प्राप्तिको आन्दोलनको क्रममा पटकपटक जेलनेल समेत भोग्नुभएको थियो। उहाँको २०७२ साल कार्तिकमा निधन भएको भएको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
-
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
-
आज मंसिर ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
२ दिन अगाडि
900Views 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीस्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी वरिष्ठ…





