आजको मौसम : देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, तराईमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यका र विभिन्न खोँचका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। त्यसैले बिहानको समयमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने…

TOP
30 Shares