
मन्त्री र सचिव नामका मात्रै, सबै निर्णय प्रधानमन्त्रीको सचिवालयबाटै ?

मन्त्रालय सञ्चालनको जिम्मेवारी मन्त्री र प्रशासनिक नेतृत्वको जिम्मेवारी सचिवको हुन्छ। तर महत्वपूर्ण नीतिगत निर्णय, ठूला नियुक्ति, सरुवा तथा ठेक्कापट्टासम्मका विषय प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयबाटै निर्धारण हुने गरेको भन्ने प्रश्न अहिले उठिरहेको छ।
यदि मन्त्रालयका मन्त्री र सचिवले आफ्नो मन्त्रालयको महत्वपूर्ण निर्णयमा भूमिका निर्वाह गर्न पाउँदैनन् भने उनीहरूको जिम्मेवारी र अधिकारको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो।
सरकार सञ्चालनमा प्रधानमन्त्रीको नेतृत्व र समन्वय आवश्यक हुन्छ। तर नेतृत्व गर्नु र मन्त्रालयका सम्पूर्ण अधिकार आफ्नो सचिवालयमा केन्द्रित गर्नु फरक कुरा हो। मन्त्री र सचिवलाई जिम्मेवारी दिने तर निर्णय गर्ने अधिकार अन्यत्रै राख्ने अभ्यासले संस्थागत शासन प्रणाली कमजोर बनाउन सक्छ।
अर्कोतर्फ, प्रधानमन्त्रीको सचिवालयबाट हुने निर्देशनले मन्त्रालयको नियमित काममा प्रभावकारी समन्वय र नतिजा दिएको छ भने त्यसको मूल्याङ्कन पनि तथ्य र परिणामका आधारमा हुनुपर्छ।
तर मूल प्रश्न छ– मन्त्री र सचिवको भूमिका के हो ? उनीहरू मन्त्रालयको नेतृत्व गर्न आएका हुन् कि कर्मचारीको हाजिरी, बिदा र खाजा समय अनुगमन गर्न मात्रै ?
लोकतान्त्रिक शासन व्यवस्थामा अधिकारसँगै जिम्मेवारी र जवाफदेहिता पनि स्पष्ट हुनुपर्छ। निर्णय गर्ने एउटा निकाय र त्यसको जवाफ दिने अर्को निकाय हुने अवस्था सिर्जना भयो भने सुशासनको आधार नै कमजोर हुन सक्छ।
मुलुक व्यक्ति वा सचिवालय केन्द्रित होइन, विधि, प्रक्रिया, संस्थागत जिम्मेवारी र पारदर्शिताका आधारमा चल्नुपर्छ।
तपाईंको विचारमा मन्त्रालयका महत्वपूर्ण निर्णय प्रधानमन्त्रीको सचिवालयबाटै हुनु उचित हो ? मन्त्री र सचिवलाई अधिकारविहीन बनाएर सुशासन र समृद्धि सम्भव छ ?
जनताको चासो र बहसका लागि यो विषय गम्भीर छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरीमा ‘सानालाई ऐन, ठूलालाई चैन’ : उच्चपदस्थमाथि कारबाही सिफारिस, प्रतिवेदन प्रधान कार्यालयमै थन्कियो
-
आज मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
२ दिन अगाडि
1.5kViews 30 Shares Share on Facebook Share on Twitter पर्साका एसपी बिदामा रहेको मौका छोपी जिल्ला प्रहरीको प्रवक्ता समेत रहेका…





