
आजको मौसम : देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अधिकांश भूभागको मौसम सफा रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार हाल हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो देखिएको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आइतबार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर १२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरीमा ‘सानालाई ऐन, ठूलालाई चैन’ : उच्चपदस्थमाथि कारबाही सिफारिस, प्रतिवेदन प्रधान कार्यालयमै थन्कियो
-
आज मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
३ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा…





