नारायणगढ–मुग्लिन सडक दैनिक ४ घन्टा बन्द गरिँदै

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घन्टा बन्द गरिँदैछ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए।

कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।

कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ। ती चारमध्ये पनि तुइन र चिसेन्जी खोलामा पुल निर्माण गर्न ठूलो चुनौती छ। चिसेन्जीको पहरो ब्रेकर लगाएर फोर्ने काम भइरहेको छ, तुइनको मंगलबारबाट सुरू गर्छौं,’ कार्कीले सेतोपाटीसँग भने, ‘पहाडको टुप्पोसम्म एस्काभेटर लैजान सकेका छौं। अब त्यहाँबाट ब्रेकरले टुक्रा–टुक्रा पार्दै तल झर्ने हो।’

उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।

कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।अहिलेलाई यति काम सक्न एक महिना समय लाग्न सक्छ भन्ने सोचेका छौं

Facebook Comments Box
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२३ घण्टा अगाडि

2.3kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…

TOP
Shares