आमाको नामबाट नागरिकता दिलाउन कचहरी

देशमा गणतन्त्र स्थापना भएको पन्ध्रौं वर्ष पुगिसक्दा र गणतान्त्रिक संविधानले आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरिसक्दा पनि त्यसको कार्यान्वयन हुन नसकेको विषयमा केन्द्रित हुँदै महिला कानुन र विकास मञ्चले उपत्यकाका काठमाडांै, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कचहरी नाटक मञ्चन गरिरहेको छ।

रंगकर्मी तथा नाटकका संयोजक सुवास सुवेदीका अनुसार आमाको नामबाट नागरिकता सहजरुपमा प्राप्त गर्ने वातावरण बनोस् भन्ने दबाब दिनका लागि २०७४ सालदेखि देशका विभिन्न ठाउँमा नाटक मञ्चन गरिँदै आएको छ।

मञ्चले काठमाडौंका स्वयम्भू, गौशाला, जोरपाटी, तिनकुने, नरेफाँटमा सो कचहरी नाटक मञ्चन गरिसकेको छ भने ललितपुर र भक्तपुरमा नाटक मन्चन कार्य नियमित रहने जनाएको छ। त्यसलगत्तै उपत्यका बाहिरका जिल्लामा समेत नाटक लिएर जाने सुवेदीले बताए। एकल आमाका सन्तानले लामो समयदेखि नागरिकता पाउन गरेको संघर्षको वास्तविक घटनालाई आधार मानेर नाट्य रुपान्तरण गरिएको नाटकका निर्देशक सहिन प्रजापतिले बताए। सहिन प्रजापति र सुवास सुवेदी मिलेर तयार पारेको नाटकमा समापिका गौतम, सरस्वती अधिकारी, सौरभ ढकाल, शिशिर अर्याल, सहिन प्रजापति र सुवास सुवेदीले अभिनय गरिरहेका छन्।यो समाचार नेपालसमाचार पत्र बाट साभार गरिएको हो ।

Facebook Comments Box
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि

2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…

TOP
Shares