

मेलम्चीमा जोखिम कायमै
मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको थियो ।हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताए । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो ।यस क्षेत्रका बासिन्दा जोखिम र त्रासमा नै बाँच्नु परेको गुनासो गर्दै शेर्पाले आमनागरिकको जिउधनको क्षति हुन नदिन बेलैमा बाढीपहिरोबाट यस क्षेत्रलाई बचाउने गरी आवश्यक संरचना निर्माण गरिदिन सङ्घीय र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको बताए ।
भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको जोखिम कायमै रहेको बताए । मुलुकमा मनसुन भित्रिन अब एक हप्ता मात्र बाँकी रहँदासमेत कुनै तयारी नगरिएको उल्लेख गर्दै उनले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको बताए ।
“भेम्बाथानको माथिबाट आउने पहिरो रोक्न सकिन्छ तर सो क्षेत्रभन्दा तल पनि पहिरो जान सक्ने थुप्रै स्थान पहिचान भएका छन्,” उनले भने, “यो वर्ष पहिरो जान सक्छ । पहिरो जान सक्ने स्थानको पहिचान गरिए पनि दुई वर्षको अवधिमा अहिलेसम्म रोकथामको कुनै उपाय अपनाउन सकिएको छैन ।”
उनले यस वर्ष पनि छोटो समयको अन्तरालमा ठुलो पानी पर्यो भने मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र र मेलम्ची खानेपानी आयोजनामा नै ठुलो क्षति पुग्न सक्ने सम्भावना कायमै रहेको बताए । जोखिम घटाउने वा रोकिने कुनै उपाय नअपनाइएकाले सो क्षेत्र र बस्ती पनि पहिले जस्तै जोखिममै रहेको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि
2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…



