

मध्यरातमा एसएमएस : प्रेस काउन्सिलका अध्यक्षविरुद्ध साइबर ब्यूरोमा उजुरी
काठमाडौँ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । आफूलाई मध्यरातमा फेसबुकको म्यासेन्जर र एसएमएस गरी भेट्ने प्रस्ताव गरी मानसिक तनाव दिएको भन्दै एक युवतीले उजुरी दिएकी हुन् । बस्नेतविरुद्ध जेठ १८ गते ती किशोरीले साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । पीडित युवतीले आफ्नो उजुरीमा बालकृष्ण बस्नेत नाम गरेका व्यक्तिले जेठ १५ गते मध्यरातमा आफूलाई म्यासेन्जरमा कल गरी भेट्ने प्रस्ताव गरेको र एसएमएसमार्फत् पनि रातको समयमा टर्चर दिएको भन्दै सो व्यक्ति पत्ता लगाई कारबाही गर्न माग गरेकी छिन् । साइबर ब्यूरोमा दिइएको उजुरीको दर्ता नम्बर ७१२६ रहेको छ । जेठ १५ गते मध्यरातमा आफूमाथि हिंसा भएकोबारे पीडित युवतीले जेठ १६ गते फेसबुकमा स्टाटस लेखेकी थिइन् । युवतिको स्टाटसमा अडियोमा बालकृष्णकै आवाज रहेको प्रष्ट भएको भन्दै अब फेसबुक ह्याक भयो भन्ने नाटक नगर्नसमेत चेतावनी दिएकी थिइन् ।
तर युवतिले स्टाटस लेखेको भोलिपल्ट अर्थात् जेठ १७ गते बिहान ९ः१० बजे काउन्सिलका अध्यक्ष बस्नेतले फेसबुकमा स्पष्टीकरण दिँदै आफ्नो फेसबसक ह्याक भएको र लामो समयपछि ह्याकरबाट मुक्त भएको बताएका थिए । साथै ह्याकरको कब्जाबाट मुक्त गर्न सहयोग गर्ने भाइ ‘शिखर’लाई धन्यवादसमेत दिएका थिए । सोही स्टाटसमा बस्नेतले ह्याकरले नै फेसबुकका केही साथीलाई कल गरेको र पैसा मागेको जानकारी आएको भन्दै फेसबुक दुरुपयोग गर्नेको खोजी भइरहेको र कारबाही गर्नेबारे प्रष्टीकरण दिएका थिए ।
सोमबार रातोपाटीसँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले युवतीले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए । बस्नेतले रातोपाटीसँग भने, ‘मेरो फेसबुक ह्याक भएको थियो । मैले कसैसँग कुराकानी गरेको छैन र पैसा पनि मागेको छैन । त्यो कसले ग¥यो थाहा भएन । युवतीले उजुरी गरेको बारे पनि मलाई कुनै जानकारी छैन ।’
तर बस्नेतको प्रष्टीकरण आएको भोलिपल्ट नै युवतीले भोटाहिटीस्थित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन् । युवतीले साइबर ब्यूरोमा मात्रै नभएर सूचना तथा सञ्चार मन्त्रालयमा पनि उजुरी दिँदै बस्नेतलाई कारबाही गर्न माग गरेकी थिइन् ।
साइबर ब्यूरोमा दिइएको उजुरीको सम्बन्धमा ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले अनुसन्धान भइरहेको बताए । एसपी रायले भने, ‘उहाँविरुद्ध उजुरी आएको छ । तर प्रारम्भिक उजुरीमै साइबर ब्यूरो आकर्षित हुने आधार, तथ्य र प्रमाण छैन । हामी प्रमाणको प्रतीक्षामा छौँ । प्रमाण प्राप्त भएलगत्तै यस विषयमा थप अनुसन्धान र आवश्यक देखिएमा कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’रातोपाटी बाट साभार
समाज
थप सामाग्री-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि
2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…



