

सासू वारि, बुहारी पारि, बल्ल भयो भेट
सिन्धुपाल्चोक । सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो। यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ। तर, वास्तविकता त्यहीँ हो। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका–२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो। कारण– पुल नहुनु। तर, यो दूरीको वर्ष अब लम्बिएन। तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ। चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू–बुहारीको भेट भएको हो। भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन। बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ।त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ। सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ। तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू–बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन।
झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू–बुहारीको भेट सम्भव भएको छ। ‘हामी सासू–बुहारीलाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, ‘पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो।’ लामो समयसम्म सासू–बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, ‘बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई÷तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन।’
दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो। मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पु¥यायो। ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन। मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन्। हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
समाज
थप सामाग्री-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि
2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…



