

डा. आरजूका कारण बनेपामा बाँदर र दुम्सी आतंक बढेको गोकुल बाँस्कोटाको आरोप
काठमाडौं जेठ २५ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा काँग्रेस नेतृ एवम् सांसद डा. आरजू राणा देउवाको कारण बनेपा क्षेत्रमा बाँदर र दुम्सीको आतंक मच्चिएको बताएका छन् । उनले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त धारणा राखेका हुन् । 
उनले भने, ‘युलेन्स स्कूलले झण्डै सात सय रोपनी जग्गा लिएर अहिले बाँदर र दुम्सीको ठाउँ बनाइदिएको छ । स्कूल बनाएन । बनेपाको नाला क्षेत्रका किसानहरु अहिले त्यसबाट पीडित छन् ।’
युलेन्स स्कूल डा. राणाको मुख्य लगानीमा खोलिएको महँगो विद्यालय हो । खुमलटारस्थित यो स्कूलको शाखा अहिले महाराजगञ्जको बाँसबारीमा पनि सञ्चालित छ । सात सय रोपनी पाखो किनेर आवासीय विद्यालय खोल्न बनेपामा युलेन्सले यसअघि जग्गा किनेको थियो । तर उक्त जग्गालाई स्कूलले ‘आउटडोर लर्निङ सेन्टर’ बनाएको बताइन्छ ।जनआस्थाबाट साभार
समाज
थप सामाग्री-
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
-
नागरिकले मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुन पर्छ ः अधिवत्ता बिष्णु गिरी
-
राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
-
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
-
उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि
2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…



