वैदेशिक रोजगारीमा जान अब एसएलसी पास गरेको अनिवार्य,मेनपावर व्यवसायीहरुको विरोध

काठमाडौं। वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकले अनिवार्य रूपमा शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ। नेपालस्थित साउदी दूतावासले भिसा प्रयोजनका लागि एसएलसी पास गरेको प्रमाणपत्र अनिवार्य गर्न लागेको हो।

१२ जुनदेखि भिसा जारी गर्न अनिवार्य एसएलसी पास गरेको प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ। कामदारको भिसा प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएको हो।

व्यवसायीहरूले भने यसको विरोध गरेका छन्। उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य रोक्न माग गरेका हुन् ।वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दूतावासको उक्त निर्णय दुःख दिने नियतले आएको बताए।

वैदेशिक रोजगारीका लागि साउदी अरबमा कामदार पठाउँदा कामदारको भिसा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने अनिवार्य अव्यवहारिक,प्रचलन कानुन विपरीत रहेको उनको भनाइ छ।

नेपालबाट साउदी अरब लगायत खाडीका देशहरू तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुँदा अन्य मुलुकहरूमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने उनको भनाइ छ।

साउदी दूतावासले नेपालमा भिसा सेन्टर खोल्न लागेको छ। उक्त कार्यको चौतर्फी विरोध भएपछि सरकारले तत्काल उक्त कार्य स्थगन गर्न भनेको छ। दूतावासले भिसा सेन्टर खोल्न नदिएको रिसमा कामदारमाथि कडाइ गर्न लागेको व्यवसायीहरूको आरोप छ।

Facebook Comments Box
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
२२ घण्टा अगाडि

2.2kViews 380 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्ज, पर्साले आवास योजनासम्बन्धी सूचना उपलब्ध…

TOP
Shares