टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो

काठमाडौं– टोटनहामले इभर्टनमाथि २–१ को जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो।

टोटनहामको जितमा रिचर्डलिसन र सन हिङ–मिनले गोल गरे। खेलको नवौं मिनेटमा जोनसनको पासमा रिचर्डलिनसले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। १९औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए

८२औं मिनेटमा इभर्टनका आन्द्रे गोमेसले गोल गरेपछि इभर्टनले दूरी छोट्याएको थियो। बाँकी समय दुबैफर्तबाट गोल नभएपछि टोटनहामले २–१ को जित निकाल्यो।

टोटनहामले जित निकाल्दा म्यानचेस्टर युनाइटेड भने पाँचौं स्थानमा चिप्लिएको छ। इभर्टनलाई हराउँदै १८ खेलबाट ३६ अंकका साथ टोटनहाम चौथो स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा झरेको हो। १७ खेलबाट ३४ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ।

Facebook Comments Box
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
३ दिन अगाडि

3.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…

TOP
Shares