
त्रियुगा दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आज बाट शुरु

उदयपुर । त्रियुगा नगरपालिकामा विद्यालय स्तरीय दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन हुने भएको छ । नगरप्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपालिकाको नेतृत्व सम्हालेपछि शैक्षिक क्यालेण्डरमा नै कार्यक्रम राखेर खेलकुद प्रतियोगिता संचालन गरिने भएको हो ।दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न त्रियुगा नगरपालिकाले पुस ११ गते देखि १३ गते सम्मका लागि नगरक्षेत्र भित्रका सम्पुणर शैक्षिक संस्थाहरुलाई बिदा दिएको छ ।
प्रतियोगिता विशेष समारोहको विच थारुहट रंगशालामा उद्घाटन हुने भएको छ । गतसाल त्रियुगा माविको खेलमैदानमा भएको प्रतियोगिता यस बर्ष थारुहट रंगशालामा आयोजना हुने त्रियुगा नगरपालिका नगरखेलकुद विकास समितिले जनाएको छ ।
दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्र भित्रमा सम्पुणर् माध्यमिक बिद्यालयले अनिवार्य सहभागीताको लागि बिदा दिएको त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।
नगरपालिकाले प्रतियोगिताको उद्घाटनमा नगर क्षेत्र भित्रका सम्पुणर् बिद्यालयलाई व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीहरुलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
नगरपालिकाले विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा भाग लगाउने गरि निणर्य गराएको छ ।
शिक्षालाई बैज्ञानिक र आजको युग सुहाउँदो बनाउने भन्दै नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरि कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय सिप, कला, ऐतिहासिक महत्वका ठाउँ, कृषि, नैतिक र पारिवारिक शिक्षा दिदै आएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि
3.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





