
सिरी ए फुटबल : शीर्ष स्थानको इन्टर जेनोआसँग बराबरीमा रोकियो

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानलेजेनोआसँग अङ्क बाँडेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो । मार्को अर्नाटोभिकले ४२ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त सातौँ मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो । अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अङ्क बाँडे ।अङ्क बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अङ्कको अग्रता लिएको छ ।
इन्टरले १८ खेलबाट ४५ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अङ्क रहेको छ । जेनोआ २० अङ्कका साथ तालिकाको १३ औँ स्थानमा छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि
3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





