
खेलकुद जुत्ताको गुणस्तर मापदण्ड पारित

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले जुत्ताको गुणस्तर (खेलकुदमा प्रयोग हुने) मापदण्ड पारित गरेको छ ।परिषद्का अध्यक्ष एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आज बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको हो ।विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब नेपालमा उत्पादित खेलकुदमा प्रयोग हुने जुत्ताले गुणस्तरलाई ख्याल गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन् । जुत्तामा प्रयोग हुने रबर, विभिन्न प्रकारका कपडाको समेत गुणस्तर पारित भएको हो । गुणस्तरअनुसारको निर्माण भएको जुत्ता विदेशमा निर्यात गर्नसमेत सहज हुने विश्वास विभागले लिएको छ । यससँगै आजै विभागले ढलरहित सरसफाइ शौचालयको समेत गुणस्तर पारित गरेको छ ।
विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ ।
विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए । जुत्ताको गुणस्तर पारित भएसँगै अब उक्त गुणस्तर प्रयोग गरी नेपालमा सञ्चालित उद्योगले जुत्ता उत्पादन गर्ने बाटो खुलेको छ ।रासस
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि
3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





