
बालकुमारी डोजोका सरोजले जिते ‘रामजी गुरु स्मृति पुरस्कार’

काठमाडौँ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघद्वारा ललितपुरको मंगलबजारमा आयोजित ‘चौथो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता’ को ५५ देखि ६० केजी तौलसमूहमा बालकुमारी डोजोका सरोज तामाङ पहिलो भएका छन् । उक्त तौलसमूहमा कीर्तिपुर डोजोका संजेश भुलोन दोस्रो र स्ट्रङ्गेष्ट डोजोका संजयकुमार गुप्ता तेस्रो भए । ५० हजार पुरस्कार शाखीको ‘तेस्रो रामजी गुरु स्मृति पुरस्कार’ पनि सरोज तामाङले नै जिते । उनले गोला प्रथामार्फत उक्त पुरस्कार जितेका हुन् ।
गोला प्रथामा ६ वटै तौलसमूहका विजेता खेलाडीलाई सहभागी गराइएको थियो । प्रतियोगिताको पुरुष ५० देखि ५५ केजी तौलसमूहमा स्ट्रङ्गेष्ट डोजोका बुद्ध मगर पहिलो, एपीएफ क्लबका निरोज नगरकोटी दोस्रो र एपीएफ क्लबकै प्रभात स्याङ्तान तेस्रो भए । महिला ५० देखि ५५ केजी तौलसमूहमा एपीएफ क्लबकी अनिसा तामाङ पहिलो, एपीएफ क्लबकै चन्दाकुमारी भुजेल दोस्रो र मकवानुपर डोजोकी लक्ष्मी थिङ तेस्रो भए । पुरुष ४० देखि ४५ केजी तौलसमूहमा एपीएफ क्लबका सुनिल तामाङ पहिलो, मकवानपुर डोजोका रिदम थापा दोस्रो र बज्रबाराही डोजोका सविन गुरुङ तेस्रो भए ।
महिला ३५ देखि ४० केजी तौलसमूहमा बालकुमारी डोजोकी साहारा बाइवा पहिलो, बालकुमारी डोजोकै अस्मिता श्रेष्ठ दोस्रो र मकवानपुर डोजोकी प्रनिसा भुलुन तेस्रो भए । महिला ४५ देखि ५० केजी तौलसमूहमा मकवानपुर डोजोकी रेश्मा थापा पहिलो, कीर्तिपुर डोजोकी सोनिया राई दोस्रो र मकवानपुर डोजोकी रश्मी श्रेष्ठ तेस्रो भए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
२ दिन अगाडि
3.1kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





