
लोयल्टी र काभ्या क्वार्टरफाइनलमा

काठमाडौँ । आयोजक लोयल्टीको ‘बी’ टोली र काभ्या स्कुल मंगलबार खेलिएको खेलमा सफलता हात पार्दै ‘१२औँ लोयल्टी कप यू–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीको ‘बी’ टोलीले रिलायन्स ईन्टरनेसनल एकेडेमीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित ग-यो ।
लोयल्टी ‘बी’ का लागि साहिल राईले ह्याट्रिक गरे । विंगु थापाले पनि दुई गोल थपे । उक्त खेलमा रिलायन्सका अनुपराज चौहान म्यान अफ दी म्याच घोषित भए । काभ्याले भने दोहोरो जित निकाल्यो । काभ्याले सिद्धार्थ बनस्थलीलाई १–० गोलले हरायो । काभ्याका लागि रौनक बस्नेतले निर्णायक गोल गरे । उक्त खेलमा सिद्धार्थका ऋजेन्द्र पोखरेल ‘म्यान अफ दी म्याच’ घोषित भए ।
अर्को खेलमा काभ्याले रिलायन्सलाई १–० गोलले हरायो । काभ्याका लागि दिप्सन श्रेष्ठले निर्णायक गोल गरे । उक्त खेलमा रिलायन्सका दिवासन राई ‘म्यान अफ दी म्याच’ बने । चेल्सी वल्र्ड स्कुल र नेपाल पुलिस स्कुलले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । पुलिस स्कुलले मनास्लुलाई १–० गोलले पाखा लगायो । पुलिस स्कुलका सनिश आले मगरले गोल गरे । मनास्लुका दिप्सन अधिकारी ‘म्यान अफ दी म्याच’ घोषित भए । अर्को खेलमा चेल्सीले पुलिस स्कुललाई ३–० गोलले हरायो ।
उक्त खेलमा चेल्सी स्कुलका लागि दर्शित थापा, सुवास तामाङ र रोविन श्रेष्ठले एक–एक गोल गरे । पुलिस स्कुलका सुदिप तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए । मंगलबारको खेलसँगै क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा पिस प्वाइन्ट र पुलिस, काष्ठमण्डप र काभ्या, चेल्सी र इस्टपोल तथा लोयल्टी ‘बी’ र ब्रम्हकुञ्जबिच खेल हुनेछ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
प्रहरी बर्दीमा विवादको दाग : एसपी रुगम कुँवरको विगत फेरि चर्चामा, भक्तपुर इन्काउन्टरदेखि ६० किलो सुन तस्करी अनुसन्धानसम्म गम्भीर प्रश्न !
-
आज कार्तिक १६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी नेतृत्वमाथि राजनीतिक छायाँ : आईजीपी दान कार्कीलाई घेर्ने खेल केका लागि ?
-
अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन
-
आज कार्तिक १५ गते आइतबारको राशिफल : मेषदेखि मीनसम्मका १२ राशिको भविष्यफल
पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की
३ दिन अगाडि
3.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष,…





