

नेपाल सुपर लिगखेल : दुई टोलीले लिए नाम फिर्ता
तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा दुई फ्रेन्चाइज टोलीले नाम फिर्ता लिएका छन् । आगामी चैतमा आयोजना हुने एनएसएलमा वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामले सहभागिता नजनाउने आयोजकले जनाएको छ । एनएसएलको तेस्रो संस्करण यात्रासम्म सहभागी नहुने टोलीको संख्या तीन पुगेको छ । यसअघि पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रोपटक सहभागिता जनाएन ।
झापा एफसी, वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामले दोस्रो संस्करण खेलेका थिए । एक सिजन मात्र खेलेका वीरगन्ज र स्पोर्टिङ इलामले एनएसएलमा भाग नलिनुको कारणमा आर्थिक पक्ष देखाइएको छ । आयोजकले १० फागुनमा अक्सन राखेको छ । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले दुई क्लबलाई हटाउँदै सात टोलीबिच लिग हुने निर्णय गरेको छ । एनएसइएमका म्यानेजिङ डाइरेक्टर श्रेयान्स कार्कीले दुई क्लबको मापदण्ड पूरा गरेका कारण बाहिर भएको नयाँ पत्रिकालाई बताए । ‘दुई क्लब लामो समयसम्म एनएसएल खेल्न नसक्ने देखेपछि बाहिर भएका हुन् । उहाँहरू हाम्रो मापदण्डभित्र पनि पर्नुभएन,’ कार्कीले भने, ‘यसपटक अन्य टोली पनि जोडिने प्रयास गर्दै थियो, तर खेलाडी अभावले सात टोलीबिच मात्र एनएसएल गराउने निर्णय गर्यौंँ ।’
नाम फिर्ता लिएका एक क्लबका प्रतिनिधिले आयोजकको भिजन अभावले नै नाम फिर्ता लिएको बताए । ‘एउटा आर्थिक कारणले अहिले क्लब धान्न निकै गाह्रो छ । त्यहाँमाथि आयोजकले पनि गरेको सर्तहरू पूरा गर्न सकेनन् । त्यसैले पछि हटेका हौँ,’ उनले भने ।
यसैबिच आयोजकले खेलाडी अभाव भएपछि ‘ए’ श्रेणीमै कम खेलाडी राख्न पाउने प्रावधान बनाएको छ । विदेशी खेलाडीको संख्या बढेको छ । यसपटक एक एसियालीसहित ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



