

बागलुङमा ‘मिडिया मेला : पत्रकारिता, पर्यटन र संस्कृति एकै स्थानमा
बागलुङ – नेपाल पत्रकार महासंघ बागलुङले आफ्नै रजत वर्षको अवसरमा यही चैत २० र २१ गते बागलुङ बजारमा ‘मिडिया मेला’ आयोजना गर्न लागेको छ। महासंघका अध्यक्ष राम थापा को संयोजकत्वमा मुख्य आयोजन समिति र विभिन्न उपसमितिहरू गठन भइसकेको छ।
अध्यक्ष थापाका अनुसार, मिडिया मेलाको उद्देश्य बागलुङलाई राष्ट्रिय स्तरमा चिनाउनु र निजी क्षेत्रको लगानी भित्र्याउनु हो। “मिडिया मेला पत्रकारको मात्रै नभएर आम नागरिकको पनि सहभागिता रहनेछ। देशभरका साथीहरूलाई आमन्त्रण गर्दै मेलालाई भव्य बनाउन तयारी भइरहेको छ,” अध्यक्ष थापाले बताए।
मेला दुई दिनसम्म चल्नेछ र यसमा आठ सेसनको प्यानल डिस्कसन, पुराना सञ्चार सामग्रीको प्रदर्शनी, भित्तेपत्रिका लेखन प्रतियोगिता, लाइभ पेन्टिङ, र सञ्चार उपकरणको प्रदर्शन हुने कार्यक्रम रहेको छ। मेलाले पत्रकारिता, सञ्चार माध्यम, ग्रामीण पत्रकारिताको महत्व र पत्रकारको बदलिँदो भूमिकामा ध्यान केन्द्रित गर्नेछ।
मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासंघका पदाधिकारी, र गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारहरू सहभागी हुनेछन्। साथै, निजी क्षेत्रका व्यावसायिक स्टल र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतीसमेत हुने छ।
सुवास आचार्य, शाखाका उपाध्यक्षका अनुसार, मिडिया मेलामा करिब २५ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। सचिव नारायण रिजाल का अनुसार, मेलाले आन्तरिक पर्यटकलाई बागलुङका सञ्चार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने अवसर पनि प्रदान गर्नेछ।
कोषाध्यक्ष खेमराज गौतम ले बताए अनुसार, मिडिया मेलाको लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
बागलुङमा जन्मेर पत्रकारिताको कर्मथलो विभिन्न स्थानमा पुर्याएका पत्रकारलाई गृह जिल्लासँग जोड्ने, निजी क्षेत्र र स्थानीय प्रशासनबीचको सहकार्य बढाउने, र बजारको ५० वर्ष पुरानो इतिहास झल्काउने तस्बिर प्रदर्शन पनि मेलामा विशेष आकर्षणका रूपमा रहनेछ।
मेलाको औपचारिक उद्घाटन चैत २० गते हुनेछ।
समाज
थप सामाग्री
गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा, काठमाडौं कमाण्डका लागि एसएसपीहरूबीच तीव्र दौड ,प्रधानमन्त्रीको रोजाइमा एसएसपी सुरेश
१३ घण्टा अगाडि
2.0kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि…



