

चन्द्रागिरीमा घरायसी विवादले लियो ज्यान, सालोको चक्कु प्रहारबाट युवकको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवाद चर्किँदा चक्कु प्रहारबाट एक युवकको ज्यान गएको छ ।
शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीमाथि चक्कु प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब ९:१५ बजे उनीहरूबीच घरायसी विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा आक्रोशित भएका अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षीय जाकिरमाथि प्रहार गरेका थिए ।
गम्भीर घाइते अवस्थामा रहेका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ रहेको खुलेको छ ।
घटनापछि प्रहरी वृत्त थानकोटको टोलीले आरोपित समि अहमदलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



