बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच सांस्कृतिक सहकार्यबारे छलफल

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका र इन्डो अष्ट्रेलिया सनातन सोसाइटीबीच संस्कृति, पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास तथा भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य विस्तारका विषयमा सौहार्दपूर्ण भेटघाट तथा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

मंगलबार इन्डो–अष्ट्रेलिया सनातन सोसाइटीका अध्यक्ष योगेश खट्टर नेतृत्वको प्रतिनिधिमण्डलले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी तथा उपप्रमुख अनिता लामा सँग शिष्टाचार भेट तथा औपचारिक छलफल गरेको हो।

उक्त कार्यक्रममा नगर प्रमुख मिथाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा प्रतिनिधिहरू, इन्डो अष्ट्रेलिया सनातन सोसाइटीका पदाधिकारीहरू, बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका उपाध्यक्ष दिपक तामाङ लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा सनातन संस्कार, सांस्कृतिक सम्पदा, पर्यटन प्रवर्द्धन, उद्यमशीलता विकास तथा सभ्यतागत आदान प्रदानमार्फत अष्ट्रेलियाका स्थानीय सरकारहरू र बुढानीलकण्ठ नगरपालिकाबीच सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक विचार आदान प्रदान भएको थियो। साथै आगामी दिनमा संयुक्त सामाजिक तथा सांस्कृतिक कार्यक्रममार्फत धार्मिक तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विशेष जोड दिइएको थियो।

दुवै पक्षले पारस्परिक मित्रता, सांस्कृतिक सम्बन्ध, पर्यटन विकास तथा उद्यमशील सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, उपप्रमुख अनिता लामाका अनुसार बुढानीलकण्ठ नगरपालिका र अष्ट्रेलियाका सम्बन्धित स्थानीय तहबीच “सिस्टर सिटी रिलेसनसिप” स्थापना गर्ने सम्भावनाबारे प्रारम्भिक छलफलसमेत भएको छ। प्रस्तावित सहकार्यले आगामी दिनमा संस्कृति, पर्यटन, उद्यमशीलता, युवा सशक्तीकरण तथा सामाजिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई कडा अपिल: ६५ वटा भ्रष्टाचार काण्डका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग
१९ घण्टा अगाडि

1.5kViews 289 Shares Share on Facebook Share on Twitter काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारलाई देशका ठूला…

TOP
391 Shares