
कालीमाटी बजारमा तरकारीदेखि फलफूलसम्मका नयाँ थोक मूल्य सार्वजनिक

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला, च्याउदेखि माछासम्मका वस्तुको थोक मूल्य निर्धारण गर्दै बजार मूल्यमा एकरूपता कायम गर्ने प्रयास गरेको जनाएको छ ।
समितिका अनुसार गोलभेँडा, आलु, प्याजदेखि सागसब्जी, फलफूल तथा च्याउलगायतका वस्तुहरूको मूल्य श्रेणीअनुसार निर्धारण गरिएको छ । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७० र भारतीय रु ८०, आलु रातो रु २८ देखि ३५ सम्म, तथा प्याज सुकेको भारतीय रु ३६ कायम गरिएको छ ।
त्यसैगरी, गाजर, बन्दा, काउली, सिमी, भिन्डी, लौका, करेला, फर्सी लगायतका तरकारीको मूल्य प्रतिकिलो रु ३० देखि रु १३० सम्म निर्धारण गरिएको छ । सागसब्जीतर्फ पालुङ्गो, चमसुर, मेथी, हरियो प्याजलगायतको मूल्य रु ८० देखि रु १२० सम्म तोकिएको छ ।
च्याउको मूल्य भने तुलनात्मक रूपमा उच्च रहेको छ । कन्य च्याउ प्रतिकिलो रु २५०, डल्ले च्याउ रु ४५० र सिताके च्याउ रु १,००० कायम गरिएको समितिले जनाएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३२५, केरा रु २०० देखि २२०, कागती रु २६०, अनार रु ४४०, आँप (दसहरी) रु २८०, अङ्गुर रु २८० तथा एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।
त्यस्तै मसला तथा अन्य उपजमा अदुवा रु १६०, सुकेको खुर्सानी रु ४३०, लसुन रु १२० देखि १९०, हरियो धनियाँ रु ९० तथा हरियो लसुन रु २०० कायम गरिएको छ ।
माछातर्फ ताजा रहु प्रतिकिलो रु ३४०, बचुवा रु ३१० र छडी रु २६० तोकिएको समितिले जनाएको छ ।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





