

चेकजाँचको नाममा रकम असुली गरेको आरोप : गण्डक प्रहरी चौकीका प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिनको माग
पर्सा । पर्साको गण्डक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पिन्टु सिंहमाथि चेकजाँचको नाममा सवारीसाधन चालक तथा व्यवसायीहरूसँग अवैध रूपमा रकम असुल्ने गरेको आरोप लागेको छ। स्थानीय स्रोतहरूले सिंहले घुमुवा प्रहरीको भूमिकामा विभिन्न स्थानमा परिचालन भई नियमित रूपमा रकम उठाउने गरेको दाबी गरेका छन्।
स्थानीयका अनुसार गण्डक चोक आसपासका क्षेत्रमा विभिन्न बहानामा सवारीसाधन रोकी एक सयदेखि एक हजार रुपैयाँसम्म असुल्ने गरिएको आरोप छ। त्यस्तै, सीमावर्ती क्षेत्रबाट भित्रिने सामानमाथि नियन्त्रणको नाममा बीच बाटोमै रोक लगाई रकम लिएपछि मात्र छाड्ने गरिएको दाबीसमेत गरिएको छ।
स्रोतका अनुसार पर्सा र बारासँग जोडिएका विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने क्रममा संलग्न केही व्यापारी तथा कारोबारीसँग नियमित आर्थिक लेनदेन हुने गरेको आरोप पनि उठेको छ। छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोलालगायत पर्साका विभिन्न क्षेत्र तथा बाराका सीमावर्ती नाकाबाट सामान ल्याउने व्यापारीहरूसँग मासिक रूपमा रकम संकलन गर्ने गरिएको स्थानीयको दाबी छ।
नाम नखुलाउने सर्तमा एक व्यापारीले भने, “व्यापार सञ्चालन गर्न निकै कठिन भएको छ। मासिक रकम नदिए सामान रोक्ने, अनावश्यक चेकजाँच गर्ने र विभिन्न बहानामा दुःख दिने समस्या भोग्नुपरेको छ।”
स्थानीय स्रोतका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, खाद्यान्न कारोबारी तथा गोदाम सञ्चालकहरू समेत यस्ता गतिविधिबाट प्रभावित भएका छन्। रकम उपलब्ध नगराउने व्यवसायीमाथि विभिन्न बहानामा दबाब सिर्जना गर्ने गरिएको आरोपसमेत छ।
यसैबीच, गण्डक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनिष सिंहले आर्थिक गतिविधिका लागि प्रहरी सहायक हवल्दार पिन्टु सिंहलाई घुमुवा प्रहरीको रूपमा परिचालन गरेको आरोप पनि सार्वजनिक भएको छ। यद्यपि, यी आरोपबारे सम्बन्धित प्रहरी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
सुरक्षा, शान्ति र अपराध नियन्त्रणका लागि खटिएका प्रहरी कर्मचारीमाथि नै आर्थिक अनियमितताको आरोप लाग्नु गम्भीर विषय भएको भन्दै स्थानीयवासीले निष्पक्ष र प्रभावकारी छानबिनको माग गरेका छन्। उनीहरूले दोषी प्रमाणित भए कानुनी कारबाही गर्न तथा निर्दोष भए सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्थानीयवासीको भनाइमा, प्रहरीको उपस्थितिले चोरी, तस्करी र अवैध गतिविधि नियन्त्रण हुनुपर्नेमा उल्टै त्यस्ता गतिविधिलाई संरक्षण मिल्ने अवस्था सिर्जना भएमा कानुन कार्यान्वयन प्रणालीमाथि नै गम्भीर प्रश्न उठ्नेछ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





