

गृहमन्त्रीको खास मान्छे भन्दै प्रभाव जमाउन खोज्ने व्यक्ति पक्राउ, प्रहरी कार्यालयमा अनधिकृत पहुँचको प्रयास
गृहमन्त्रीको खास मान्छे भन्दै प्रभाव जमाउन खोज्ने व्यक्ति पक्राउ, प्रहरी कार्यालयमा अनधिकृत पहुँचको प्रयास
काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नजिकको व्यक्ति भएको दाबी गर्दै विभिन्न व्यक्तिसँग आर्थिक प्रलोभन देखाउने तथा प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट प्रहरीले ३० वर्षीय आदित्य सिंहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै विभिन्न ठाउँमा प्रभाव जमाउने प्रयास गरेका थिए। उनले सोही परिचय प्रयोग गरी प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। उनको गतिविधि, सम्पर्क र अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





