

मनसुन सक्रिय, कोशी प्रदेशमा भारी वर्षाको सम्भावना: मौसम महाशाखा
काठमाडौँ । हाल देशका कोशी, मधेश र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि मनसुन सक्रिय देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन पूर्ण रूपमा विस्तार हुने सम्भावना छ।
हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र सामान्यतया सफा रहेको छ भने देशका अधिकांश भागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसोको मौसम पूर्वानुमान
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी तथा तराई दुवै क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ।
आज रातिको पूर्वानुमान
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना पनि रहेको छ।
महाशाखाले सम्भावित हुरी, चट्याङ तथा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१३ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





