अर्थमन्त्री वाग्लेको संकेत : अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएपछि नेपालमा पनि पेट्रोलियम मूल्य घट्ने सम्भावना

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने संकेत दिएका छन्। प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको र त्यसको प्रभाव नेपालमा पनि पर्ने बताएका हुन्।

अर्थमन्त्री वाग्लेका अनुसार नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य घटे पनि नेपालमा तत्कालै मूल्य समायोजन हुन केही समय लाग्नेछ।

उनले भने, “क्रुड आयलको मूल्य घटिसकेको छ। आयात प्रक्रियाका कारण केही समयको अन्तराल हुन्छ, तर अब पेट्रोलियम पदार्थको मूल्य घट्ने अवस्था बनेको छ।”

वाग्लेले अर्थमन्त्री बनेपछि डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा पेट्रोल र डिजेलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको स्मरण गर्दै उपभोक्तामाथिको मूल्यवृद्धिको भार कम गर्ने प्रयास गरिएको बताए।

मध्यपूर्वको तनावका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको उल्लेख गर्दै उनले अब अवस्था सामान्य बन्दै गएकाले नेपाली उपभोक्ताले पनि राहत पाउने विश्वास व्यक्त गरे।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१३ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
464 Shares