
बजारमा नक्कली औषधि भेटिएपछि ६६ फार्मेसीमा अनुगमन, एक पसल बन्द गरी अनुसन्धान सुरु

काठमाडौं । ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि बजारमा भेटिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजार अनुगमनलाई तीव्र बनाएको छ।
मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत सञ्चालन गरिएको अनुगमनका क्रममा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा रहेका ६६ वटा फार्मेसी निरीक्षण गरिएको छ।
औषधि व्यवस्था विभागका अनुसार बनेपास्थित एक औषधि पसलबाट उक्त नक्कली औषधि २१ थान बरामद भएको छ। सो पसललाई तत्काल बन्द गरी थप अनुसन्धान अघि बढाइएको छ।
अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गर्ने, फार्मासिस्टबिनै औषधि बिक्री गर्ने तथा मापदण्ड नपुगेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले नक्कली औषधिको भण्डारण, आपूर्ति र बिक्री वितरणमा संलग्न व्यक्ति तथा संस्थाको पहिचान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक फार्मेसीबाट मात्र औषधि खरिद गर्न आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
११ घण्टा अगाडि
1.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





