

कैलाश मानसरोवर यात्रामा भारतीय तीर्थयात्री नेपालमै अलपत्र, भारतद्वारा यात्रा चेतावनी जारी
काठमाडौं । आवश्यक कागजातबिना कैलाश मानसरोवर यात्रा सुरु गर्दा केही भारतीय तीर्थयात्री नेपालमै रोकिएपछि भारत सरकारले आफ्ना नागरिकलाई यात्रा चेतावनी जारी गरेको छ।
भारतको विदेश मन्त्रालयका अनुसार निजी टुर अपरेटरमार्फत यात्रा गरेका केही यात्रुहरू चीन प्रवेशका लागि आवश्यक भिसा र परमिट नहुँदा नेपालबाट अगाडि जान नसकेर अलपत्र परेका हुन्। उनीहरूले उद्धार र सहयोगका लागि दूतावास तथा सम्बन्धित निकायसँग सम्पर्क गरेका थिए।
मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्नुअघि चीन प्रवेशका लागि आवश्यक सबै अनुमति, भिसा र अन्य कागजात सुनिश्चित गर्न यात्रुहरूलाई आग्रह गरेको छ।
साथै, यात्रा प्याकेज खरिद गर्नुअघि टुर अपरेटर कानुनी रूपमा दर्ता भएको र विश्वसनीय रहेको पुष्टि गर्न पनि भारत सरकारले सुझाव दिएको छ। आवश्यक तयारी नगरी यात्रा गर्दा यात्रुहरू आर्थिक तथा प्रशासनिक समस्यामा पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





