कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा कागमा बर्डफ्लु संक्रमण देखिएपछि रोग फैलिएको पशु सेवा विभागले जनाएको छ। संक्रमित कागले उडेर विभिन्न स्थानमा पुग्दा संक्रमण विस्तार भएको विभागको भनाइ छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सहज भए पनि कागलाई नियन्त्रण गर्न कठिन हुने भएकाले चुनौती बढेको हो। संक्रमित कागको सुली र मृत्यु भएपछि पनि संक्रमण फैलिन सक्ने उनले बताएका छन्।

हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। देशभर ११ जिल्लाका करिब १०० स्थानमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ।

विभागका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक अन्य क्षेत्रमा नियन्त्रणको काम भइरहेको छ। संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विशेष अभियान सञ्चालन भइरहेको छ।

बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
301 Shares