फ्रान्समा सानो विमान दुर्घटना, पाइलटसहित ११ जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा सानो नागरिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको हो। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार दुर्घटनामा एक जना पाइलट र १० जना स्काइ डाइभरको मृत्यु भएको बताइएको छ।

दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले उद्धार तथा आपतकालीन व्यवस्थापनका लागि विभागीय सञ्चालन केन्द्र सक्रिय पारिएको जानकारी दिएका छन्। घटनास्थलमा उद्धार टोली र सम्बन्धित सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ।

राष्ट्रिय प्रहरीले उद्धार तथा अनुसन्धान कार्य प्रभावित नहोस् भन्नका लागि सर्वसाधारणलाई दुर्घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि

1.2kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
Shares