प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विधेयकहरू पेस र छलफलको कार्यसूची तय

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू पेस गर्ने तथा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, संघीय संसद् महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछन्।

यसैगरी सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लगायत विभिन्न विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि सम्बन्धित विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आजको बैठकमा आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।

त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल र पारित गर्ने प्रस्ताव समेत पेश गरिनेछ।

सभामुखले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि तय भएको छ।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१३ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
167 Shares