

भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प, प्रभावित क्षेत्रमा त्रास कायमै
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। युरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार भूकम्पको केन्द्रबिन्दु अरागुआ राज्यको तटनजिक समुद्री क्षेत्रमा रहेको थियो।
भूकम्प जमिनको सतहबाट करिब ३० किलोमिटर गहिराइमा मापन गरिएको जनाइएको छ। पछिल्लो भूकम्पबाट हालसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।
तर केही दिनअघि गएको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रमा लगातार पराकम्प आइरहेकाले स्थानीय बासिन्दामा त्रास कायमै रहेको छ।
यसअघि जुन २४ मा केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलामा ठूलो क्षति पुर्याएका थिए। सरकारी प्रारम्भिक विवरणअनुसार ती भूकम्पमा १ हजार ४३० जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
उद्धार टोलीले भग्नावशेष हटाउने र बेपत्ताको खोजी कार्य जारी राखेको छ। अधिकारीहरूका अनुसार हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको आशंका गरिएको छ। प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी र सञ्चार सेवासमेत प्रभावित भएको जनाइएको छ।
समाज
थप सामाग्री-
कागबाट काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिँदै, संक्रमित क्षेत्र निगरानीमा
-
एसएसपी सुरेश काफ्ले र एसपी नरेश सुवेदीको सक्रियतामा ट्राफिक व्यवस्थापनमा कडाइ : कालो सिसा प्रयोग गर्ने सवारीमाथि तीव्र कारबाही
-
झापा गाउँपालिकाको नयाँ घोषणा : २० वर्षपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन
-
लुम्बिनी प्रदेश प्रहरीको विशेष अभियान सफल : सीमा सुरक्षा, अपराध नियन्त्रण र मानव बेचबिखनविरुद्ध कडाइ, डिआइजी भुपेन्द्र खत्रीको नेतृत्वको उच्च प्रशंसा
-
लेखा सरुवा विवादबीच आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा सुधार र पारदर्शिताको अपेक्षा
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१३ घण्टा अगाडि
1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…





