

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न
3.4kViews
226
Shares
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (NEC) मा आयोजित बागमती प्रदेश पर्यटन ह्याकाथन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित प्रतियोगितामा २७ टोलीमध्ये शंकरदेव कलेजको ‘द इभिल्स’ टोली प्रथम भएको छ ।
बागमती प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटकहरूको सुरक्षालाई प्रविधिमार्फत प्रभावकारी बनाउने उद्देश्यले आयोजित ह्याकाथनमा सहभागी टोलीहरूले पर्यटक सुरक्षासम्बन्धी नवीन र प्रविधिमैत्री मोबाइल एप तथा डिजिटल समाधान प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता बन्न सफल भयो भने एस कलेजको ‘एएसडी’ टोली तेश्राे स्थान हासिल गर्याे । विजेता टोलीहरूले क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. १५ हजार नगद, साथै ट्रफी र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेजको ‘रोमर्स’ टोली उपविजेता बन्न सफल भयो भने एस कलेजको ‘एएसडी’ टोली तेश्राे स्थान हासिल गर्याे । विजेता टोलीहरूले क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. १५ हजार नगद, साथै ट्रफी र मेडल प्राप्त गरेका छन् ।
विजेता टोलीहरूलाई नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, प्रशासन प्रमुख श्रीमा शर्मा तथा कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख अंशु घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले नेपाल भ्रमणमा आउने पर्यटकहरूले विभिन्न प्रकारका सुरक्षा चुनौती तथा असहज परिस्थितिको सामना गर्नुपरेको उल्लेख गर्दै त्यसको समाधानका लागि प्रविधिमा आधारित उपाय खोज्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको बताए । उनले प्रतियोगितामा प्रस्तुत उत्कृष्ट अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
त्यसैगरी, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नेपाल भ्रमणका क्रममा पर्यटकहरूले भोग्ने सुरक्षा, सूचना अभाव, शारीरिक तथा मानसिक दुर्व्यवहार र कतिपय अवस्थामा बेपत्ता हुने समस्यालाई न्यूनीकरण गर्न यस्ता नवप्रवर्तन आवश्यक रहेको बताए । विद्यार्थीहरूले प्रस्तुत गरेका उत्कृष्ट अवधारणालाई व्यवहारमा उतार्न सके नेपालको पर्यटन क्षेत्र अझ सुरक्षित, व्यवस्थित र आकर्षक बन्ने विश्वास गरे ।
कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारसँग सहकार्य गरी ह्याकाथन आयोजना गरिएको बताए । उनले ह्याकाथनबाट प्राप्त नवीन सोच, प्रविधि र समाधानहरूले नेपालको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा दिगोपनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
पर्यटन क्षेत्रलाई प्रविधिमैत्री, नवप्रवर्तनमुखी र दिगो बनाउने उद्देश्यसहित आयोजित ह्याकाथनमा विभिन्न कलेजका प्रतिभाशाली युवा नवप्रवर्तकहरूले सिर्जनात्मक तथा व्यावहारिक समाधान प्रस्तुत गरेका थिए । विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा, सूचना पहुँच र सहज यात्रालाई केन्द्रमा राखी विकसित गरिएका अवधारणाले निर्णायकहरूको विशेष प्रशंसा प्राप्त गरेका थिए ।
Facebook Comments Box
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





