
वर्षा अभावले गुल्मीमा धान रोपाइँ प्रभावित, ११ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न

गुल्मी । जिल्लामा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। अधिकांश खेत आकासेपानीमा निर्भर रहेका कारण किसानले समयमा धान रोप्न नसकेका हुन्।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार आइतबारसम्म जिल्लामा ७१९.५१ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ, जुन कुल धानखेती हुने अनुमान गरिएको ६ हजार ५४१ हेक्टर क्षेत्रफलको करिब ११ प्रतिशत हो।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार राष्ट्रिय धान दिवस मनाइँदै गर्दा पनि जिल्लाका अधिकांश खेत बाँझै रहेका छन्।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभावले रोपाइँमा ढिलाइ भएको बताए। उनका अनुसार जिल्लाका ठूला फाँटहरूमा समेत सिँचाइ अभावका कारण धान रोप्न समस्या भएको छ।
इस्मा गाउँपालिका–६ चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म उक्त क्षेत्रमा करिब ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। तर यस वर्ष भने आइतबारसम्म करिब १५ प्रतिशत मात्रै रोपाइँ भएको छ।
किसानहरूले समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुलाई मुख्य समस्याका रूपमा बताएका छन्।
गुल्मीका अधिकांश धान उत्पादन क्षेत्र अझै पनि आकाशे पानीमा निर्भर छन्। समयमै वर्षा नभए यसले धान उत्पादनमा समेत असर पार्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाका बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ, शान्तिपुर र मजुवा लगायतका क्षेत्र धान उत्पादनका लागि परिचित छन्।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





