राष्ट्रिय सभामा आर्थिक तथा बजेटसम्बन्धी विधेयकमाथि छलफल प्राथमिकतामा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक तथा विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि “विनियोजन विधेयक, २०८३” अन्तर्गत विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल गरिनेछ । छलफल हुने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालय रहेका छन् ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
179 Shares