उचित कारणबिना इन्धन पम्प बन्द गरे १० लाखसम्म जरिवाना, लाइसेन्स खारेजसम्मको तयारी

काठमाडौं । उचित कारणबिना इन्धन पम्प बन्द गरी उपभोक्तालाई सास्ती दिने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने तयारी गरेको छ।

सरकारका अनुसार मूल्य बढ्दा पम्प सञ्चालन गर्ने र मूल्य घट्दा बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिनेछ। साथै ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था पनि गरिने भएको छ।

बारम्बार नियम उल्लंघन गरी उपभोक्तालाई दुःख दिएमा सम्बन्धित इन्धन पम्पको सञ्चालन अनुमति (लाइसेन्स) समेत खारेज गर्ने तयारी सरकारले गरेको जनाएको छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
182 Shares