

धनुषामा ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
जनकपुरधाम । धनुषामा प्रहरीले ९.४२ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको विदेह नगरपालिका–१ ठाढीझिझास्थित तिनकौरियाबाट भारतको महिनाथपुरतर्फ आउने–जाने सडकखण्डमा प्रहरी चौकी ठाढीझिझाबाट खटिएको टोलीले सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महिनाथपुरबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००६ प ७८९५ नम्बरको मोटरसाइकल रोकी चालक सिरहाको कर्जन्हा नगरपालिका–११ निवासी ३० वर्षीय लक्ष्मी दास र पछाडि सवार २४ वर्षीय अर्जुनकुमार यादवको शरीर तलासी लिइएको थियो।
तलासीका क्रममा लक्ष्मी दासको साथबाट प्लास्टिकसहित ९.४२ ग्राम खैरो हेरोइनजस्तो देखिने लेदो पदार्थ, नगद १२ हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। अर्जुनकुमार यादवको साथबाट एक थान मोबाइल, तीन हजार रुपैयाँ नगद तथा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय खजुरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





