धनगढी–बैतडी यात्रुवाहक बस दुर्घटना, १६ जना घाइतेको उद्धार

बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको छ।

सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म १६ जना घाइतेको उद्धार गरिएको छ। बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त भएको छैन।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको थप विवरण र दुर्घटनाको कारण खुल्न बाँकी छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.8kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
256 Shares