आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका लागि समय दिनुपर्ने भएपनि प्रयास गरेमा रोकिएको वा अड्किएको धन प्राप्त हुने सम्भावना छ । पुराना समस्याले मन अलमल्याउन सक्छ र केही असमझदारीका कारण कार्य क्षेत्र प्रभावित हुन सक्छ। यद्यपि सहकर्मी तथा वरिष्ठको साथ मिल्नेछ ।

वृष- नयाँ व्यवसाय वा रोजगारीको खोजीमा हुनुहुन्छ भने आजको दिन सकारात्मक रहन सक्छ । प्रतिस्पर्धी र विरोधीका गतिविधिप्रति भने सचेत रहनु आवश्यक छ । नयाँ काम सुरु गर्नुअघि वरिष्ठको सल्लाह र सहयोग लिनु लाभदायक हुनेछ । कार्यक्षेत्रमा मेहनत बढ्नेछ । जीवन साथीसँग केही असमझदारी हुन सक्ने भएपनि परिवारका ज्येष्ठ सदस्यबाट सद्भाव र सहयोग प्राप्त हुनेछ ।

मिथुन- विदेश यात्रा, अध्ययन वा छात्रवृत्तिसम्बन्धी प्रयासमा शुभ संकेत देखिएको छ । नयाँ सूचना र अवसर प्राप्त हुनेछन् । कार्यस्थलमा जिम्मेवारी बढ्नेछ र भाग्यले पनि साथ दिनेछ । डिजिटल माध्यमबाट नयाँ सम्बन्ध विस्तार हुने सम्भावना छ । उच्चपदस्थ व्यक्तिबाट प्रशंसा मिल्नेछ भने अरूलाई सहयोग गर्दा आत्मसन्तुष्टि पनि प्राप्त हुनेछ ।

कर्कट- मनमा चिन्ता र निराशा बढ्न सक्ने दिन भएकाले सकारात्मक सोच अपनाउनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा गुनासो बढ्न सक्ने भएकाले व्यवहारमा संयमता आवश्यक छ । नयाँ रोजगारी वा व्यवसायको खोजी सफल हुन सक्छ । छोटो दूरीको व्यवसायिक यात्रा लाभदायक हुनेछ । रोकिएको रकम उठाउने वा लगानी फिर्ता गर्ने प्रयास सफल हुने सम्भावना छ ।

सिंह- रूपसौन्दर्य, कला, साहित्य, संगीत तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने दिन हो । कला वा अभिनयसँग सम्बन्धित व्यक्तिले आफ्ना नयाँ विचारलाई अभिलेख गर्नु राम्रो हुनेछ । भावुकता र समयको सदुपयोग गर्दै काममा केन्द्रित हुनु आवश्यक छ । अधुरा काम पूरा गर्न सके भविष्यका योजना सहज बन्नेछन् ।

कन्या- चुनौती र परीक्षालाई सफलतापूर्वक सामना गर्ने दिन छ । अध्ययनसँगै स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु आवश्यक हुनेछ । थकान र मानसिक तनाव बढ्न सक्ने भएकाले अनावश्यक चिन्ता नगर्नु राम्रो हुन्छ । आफ्ना कमजोरीका कारण विरोधी सक्रिय हुन सक्छन् । विश्वास गरेका व्यक्तिबाट पनि समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोस् ।

तुला- प्रेम सम्बन्ध र दाम्पत्य जीवनका लागि आजको दिन सुखद रहनेछ । पारिवारिक वातावरण पनि सौहार्दपूर्ण हुनेछ । घुमफिर र मनोरञ्जनमा खर्च बढ्न सक्छ । शिक्षा, प्रकाशन, कन्सल्टेन्सी तथा वस्त्राभूषण व्यवसायबाट लाभ मिल्ने सम्भावना छ । सन्तान वा भाइबहिनीसँग सम्बन्धित खर्च भएपनि उनीहरूबाट खुसीको समाचार प्राप्त हुन सक्छ।

वृश्चिक- स्वास्थ्य राम्रो रहने भएपनि मानसिक चिन्ता बढ्न सक्छ । आफन्तको व्यवहारले मन खिन्न बनाउन सक्छ । व्यवसाय र पेशागत क्षेत्र भने सकारात्मक रहनेछ। परिवारलाई पनि पर्याप्त समय दिनु आवश्यक छ, अन्यथा सम्बन्धमा दूरी बढ्न सक्छ । स(साना कुरामा विवाद हुन सक्ने भएकाले खुला संवादलाई प्राथमिकता दिनुहोस्।

धनु- कडा मेहनतको राम्रो प्रतिफल प्राप्त हुने दिन हो । सहकर्मी र सहयोगीहरूले तपाईंको क्षमताको प्रशंसा गर्नेछन् । साथीभाइसँग भेटघाट र रमाइलो समय बित्नेछ । परिवारमा धार्मिक वा माङ्गलिक कार्यक्रमको योजना बन्न सक्छ । प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ ।

मकर- सञ्चार, विज्ञापन वा मार्केटिङसँग सम्बन्धित काम गर्नेहरूका लागि दिन लाभदायक रहनेछ । अरूको आलोचनामा ध्यान नदिई आफ्नो लक्ष्यमा केन्द्रित हुनु राम्रो हुन्छ । घरायसी सुविधा बढाउन केही खर्च हुन सक्छ । खर्च बढेपनि मानसिक सन्तुष्टि मिल्नेछ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ भने अनुभवी व्यक्तिहरूसँगको संगत फलदायी बन्नेछ ।

कुम्भ- कृषि, वन, काठ तथा औषधिसम्बन्धी व्यवसाय गर्नेहरूका लागि राम्रो दिन छ । नयाँ लगानी वा व्यवसाय विस्तारका योजना सफल हुन सक्छन् । आत्मविश्वास र ऊर्जा बढ्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ भने जीवन साथीसँग घुमफिरको अवसर मिल्न सक्छ । आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ ।

मीन- व्यक्तिगत समस्याका कारण काममा पूर्ण ध्यान दिन कठिन हुन सक्छ । कार्यभार बढ्नाले सहकर्मी वा वरिष्ठसँग असन्तुष्टि देखिन सक्छ । आफ्ना गोप्य कुरा सबैसँग साझा नगर्नु राम्रो हुन्छ, अन्यथा अनावश्यक अफवाह फैलिन सक्छ। बोल्ने शैली र प्रस्तुतीकरणका कारण नयाँ अवसर प्राप्त हुन सक्छ । आकस्मिक धनलाभको सम्भावना छ भने व्यवसाय विस्तारका लागि लगानी गर्ने अवसर पनि मिल्नेछ ।

Facebook Comments Box
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

1.9kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…

TOP
178 Shares