आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै

काठमाडौं — संयुक्त राष्ट्रसंघ (युएन)को आयोजनामा हुने ‘चिफ अफ पुलिस समिट’मा सहभागी हुन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन्।

स्रोतका अनुसार दुवै आईजीपी आज साँझ १८:०० बजे कतार एयरवेज (QR647) बाट दोहा हुँदै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष आयोजना हुने उक्त उच्चस्तरीय सम्मेलनमा विश्वका प्रहरी प्रमुखहरूको सहभागिता रहने गर्दछ। कार्यक्रममा शान्ति स्थापना (Peacekeeping), अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, तथा प्रहरी सहकार्य विस्तारलगायत विषयमा छलफल हुने जनाइएको छ।

यसपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट आईजीपीसहित थप दुई–दुई जना अधिकारी पनि सहभागी हुने तयारी भए पनि सरकारी खर्चमा मितव्ययिता अपनाउने नीतिअनुसार चार जना अधिकृतको नाम काटिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुवै संगठनका आईजीपीका स्टाफ अफिसर तथा युएन शाखा प्रमुखको नाम सूचीबाट हटाइएको हो। यसअघि यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा आईजीपीसँगै स्टाफ अफिसर र सम्बन्धित शाखाका अधिकारीहरू समेत सहभागी हुने अभ्यास रहँदै आएको थियो।

उक्त सम्मेलन जुलाई ५ देखि ७ सम्म अमेरिकामा सञ्चालन हुने बताइएको छ।

Facebook Comments Box
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि

1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…

TOP
136 Shares