चितवनमा हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु, घरमा आगलागी

चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र छोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो। आगलागीलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। प्रहरी तथा सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि

1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…

TOP
122 Shares